|

कञ्चनपुर : भीमदत्त नगरपालिका–१२ ओदाली नजिक महाकाली नदीको बाढीमा फसेका १० जना मजदुरको प्रहरीले आज उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार बाढीका कारण फसेका मजदुरलाई सकुशल उद्धार गरी शुरक्षित स्थानमा पुर्‍याइएको छ।

नदीमा आएको बाढीका कारण मजदुर फसेको जानकारी पाउना साथ प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा विपद व्यवस्थापन गुल्म महेन्द्रनगर, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली र नेपाली सेनाको टोलीले उद्धार हो।  

उद्धार गरिएका कामदारमा कैलालीको टिकापुरका ४० वर्षीय समसेर पुनमगर, २५ वर्षीय बिष्णु पुनमगर, २८ वर्षीय दिनेश पुनमगर, १९ वर्षीय आनन्द पुनमगर, २५ वर्षीय गोविन्द रोक्कामगर रहेका छन्। यसैगरी, ३८ वर्षीय आमलाल मगर, ३९ वर्षीय जीत बहादुर पुनमगर, ४९ वर्षीय आस बहादुर विक, वर्ष ६० का बलबिर घर्तीमगर र भीमदत्त नगरपालिका–१९ का ४० वर्षीय मनिराज जोशीको उद्धार गरिएको छ।

बाढीका कारण कुमार सियत ईसिजेभी निर्माण फर्मले सडक निर्माणका लागि राखेका जेनेटर, स्काभेटर लगायतका मेसिनमा क्षति पुगेको छ। निर्माण कम्पनीले कालेपत्रे गर्न बनाएको प्लान्ट र मेसिन गरी झण्डै चार करोड बढीको क्षति भएको जनाएको छ।

प्रहरीले क्षतिको विवरण संकलनको कार्य भइरहेको जनाएको छ। भारतको धारचुला स्थीत धौलिगंगामा रहेको जलविद्युत परियोजनाको जलासय बर्षाका कारण भरिएपछि बिहीबार पानी छोड्दा नदीमा बाढी आएको बताइएको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.