काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतवार) दोहोरो अंकले घटेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अंकले ओरालो लागेर १ हजार ९७४ दशमलव ३७ मा सीमित भएको छ।
कूल ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँमा कारोबार भयो।
स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको १२ करोड ६४ लाख ९९ हजार ७५३ रुपैयाँ बराबरको कारोबार भयो।
डोल्टी पावर ९ दशमलव ५६, साधना लघुवित्त ८ दशमलव ७२, समता घरेलु लघुवित्त ८ दशमलव ७२, कुमारी बैंकको ऋणपत्र ४ दशमलव शून्य ३ र नबिल ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले ३ दशमलव ८९ प्रतिशतले कमाएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
पिपल्स पावर ९ दशमलव ९२, सिँगटी हाइड्रोपावर इनर्जी ७ दशमलव ५५, हिमालयन डिस्टिलरी ६ दशमलव ३३, जानकी फाइनान्स ५ दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने ५ दशमलव २३ प्रतिशत घाटा बेहोर्नुपरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।