|

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा फेरि दाबी गर्दा लाज पनि लजाएको टिप्पणी गरेका छन्।

प्रवक्ता शर्माले ट्वीट गर्दै विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको र लाज स्वयं लजाएको टिप्पणी गरेका हुन्। ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ। लाज स्वयं लजाएको छ’ शर्माले भनेका छन्।

शर्माले  राष्ट्रपतिजस्तो संस्थालाई अझै कति ओरालो लगाइरहेको भनेर प्रश्न गर्दै यसबाट राष्ट्रपति पदको गरिमा पनि पतनतर्फ उन्मुख भएको पनि टिप्पणी गरेका छन्। ‘राष्ट्रपति महोदय, सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो। अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ?’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको गठन लागि आह्वान गरेसँगै पदका लागि गठबन्धनतर्फबाट शेरबहादुर देउवा र नेकपा एमालेबाट ओलीले दाबी प्रस्तुत गरेका छन्।

सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका थिए। यस्तै ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.