|

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्थानीय तहलाई पिसिआर र एक्स्ट्राक्सन कीट खरिद गरेर प्रदेश अस्पताललाई बुझाउन आग्रह गरेको छ। किट अभावले परीक्षणमा ढिलाइ भइरहेको भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो।

विगत एक वर्षदेखि प्रदेश अस्पतालको समन्वयमा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ। परीक्षण गराउनेहरूको दायर बढेको र किट अभाव भइरहेको भन्दै स्थानीय तहलाई तत्काल कीट खरिद गरेर अस्पताललाई दिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।

रिजालका अनुसार सुर्खेतमा परीक्षण गर्नुपर्ने नमुना अत्यधिक छन्। भने प्रयोगशालामा कीट अभाव हुन थालेपछि सबै स्थानीय तहलाई कीट खरिद गरेर अस्पताललाई दिन आग्रह गरिएको हो।

कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सुर्खेतमा दैनिक तीनसय देखि एक हजारसम्म नमुना परीक्षण हुँदै आएका छन्। सुर्खेतमा हाल तीन हजार ७९ जना सक्रिय संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.