|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति कटाक्ष गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शनिबार विहान देउवाले जारी गरेको औपचारिक वक्तव्यमा प्रयोग भएको भाषाप्रति कटाक्ष गरेका हुन्।

मैले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नेपाली कंग्रेसमा रहेन। सभापतिको तहबाट राष्ट्रपतिलाई बोलिएको भाषा तिमी, उनी, यसो गरिन् यस्तो भाषा बोलिएको छ।’ उनले थपे, ​त्यस ठाउँमा एउटा राजा नामको कोही हुन्थ्यो भने निहुरिएर, गुँडुल्किएर, हात मुसारेर के-के भाषा बोल्थे ? आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने त्यो सम्मान गर्नुहुँदैन भन्ने ठान्छन्।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.