|

जनकपुरधाम : महोत्तरीमा एक दम्पतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा बर्दिबास नगरपालिका–५ बरडाँडाबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीय राजु भन्ने डोर कुमार पौडेल रहेका इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर बालिष्टर सिंहले जनकारी दिएका छन्।

राजुले उक्त दम्पतीलाई खुकुरी देखाउँदै पालैपालो यौनजन्य क्रियाकलाप गरेको इन्स्पेक्टर सिंहले बताए।

जेष्ठ ७ गते  राजुले ३२ वर्षीया महिलालाई जबर्जस्तीकरणी र उनको श्रीमानसँग अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको बताइएको छ। 

कुखुरा खोरमा काम गर्ने ती दम्पतीलाई कोठामा थुनेर कुटपिट गर्दै करणी गरेको प्रहरीले जनाएको छ।

‘दिउँसो १२ बजे खुकुरी देखाएर ती दम्पतीको कोठामा पसेर पेट्रोल छर्केर ज्यान मार्ने धम्की दिँदै उनीहरुलाई आरोपीले पालैपालो करणी गरेर फरार भएका इन्स्पेक्टर सिंहले बताए।

घटनापश्चात पीडितले गाउँलेलाई जानकारी गराएपछि स्थानीयले आरोपीलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाबारे जानकारी पाउनासाथ घटनास्थल पुगेर आरोपीलाई पक्राउ गरेको इन्सपेक्टर सिंहले बताए।

पक्राउ परेका राजुमाथि जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट १० दिनको म्याद लिई प्रहरी अनुसन्धान थालेको प्रहरीले जनाएकोछ।

आरोप प्रमाणित भए कानुन अनुसार उनीमाथि जबर्जस्तीकरणीमा ७ वर्षदेखि १० बर्ष जेल र अप्राकृतिक मैथुनमा ३ वर्ष जेल हुने कानुनी व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.