|

सुर्खेत : अनेरास्ववियु दैलेखका सहसंयोजक निरक खड्कामाथि अज्ञात समूहले कुटपिट गरेको छ। महाबु गाउँपालिका–२ खरिगैरामा हिँडिरहेका बेला ६÷७ जनाको समूहले खड्कामाथि आक्रमण गरेका थिए।

खड्काको बाया हातमा गम्भीर चोट लाग्नुका साथै कपाल, ढाड तथा आँखाँमा चोट लागेको छ।

अनेरास्ववियु दैलेखले खड्कामाथि आक्रमण गनेए समूहलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ। यदि कुनै पनि वहानामा दोषीले उन्मुक्ति पाउने खालको कुरा भएमा सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.