|

रुकुम पूर्व : रुकुम पश्चिममा कोरोना भाइरसको संक्रमण पुष्टि भएर आइसोलेसनमा भर्ना भएका बिरामी र उनीहरूका कुरुवाका लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ।

जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा रहेका बिरामी र कुरुवाका लागि नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)को समन्वयमा खानाको व्यवस्था गरिएको हो। अस्पताल नजिकै रहेको सरस्वती माविको भवनमा खाना तयार गरी अस्पतालमा उपलब्ध गराउन थालेको विप्लव समूहको जिल्ला कार्यालय सदस्य नरेन्द्र विकले जानकारी दिए। अस्पतालमा संक्रमितका लागि उचित खाना, खाजाको व्यवस्था नभएको र निषेधाज्ञाका कारण खाना पु¥याउन आफन्तलाई समस्या भएकाले निःशुल्क खानाको व्यवस्था गरिएको विकले बताए।

अहिले जिल्ला अस्पतालको आइसोलेसनमा ३५ जना संक्रमित छन्। दाल, चामल तथा तरकारीका लागि स्थानीय व्यापारीहरूले सहयोग गरेका छन्। खाना पकाउने उपलब्ध गराउने लगायतका काममा विप्लव समूहका १५ जना कार्यकर्ता खटिएका छन्। यस्तै, भाँडाकुँडा, पानी, बिजुली लगायतको व्यवस्था स्थानीयवासीले गरेका छन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.