|

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाले थप एक साता थप्‍ने तयारी गरेकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थाहाखबरलाई जानकारी दिए।

‘कोरोना संक्रमणदर अझै घटेको छैन,’भट्टराईले भने,‘जोखिम कायमै छ,त्यसैले थप एक साता निषेधाज्ञा थपिन्छ।’ यसका लागि भोलि (मंगलबार) तीन वटै जिल्लाका प्रमुख अधिकारीहरुसँग बैठक बसेर  निर्णय गरिने उनले बताए।

तरकारी पसलमा बढि भीडभाड हुने गरेको भन्दै अब ती पसलाई वैकल्पिक रुपमा व्यवस्थापन गरिने उनले बताए। ‘तरकारी पसल बन्द हुँदैन,तर वैकल्पिक व्यवस्थापन हुन्छ,कसरी गर्ने भन्नेबारे भोलि निर्णय हुन्छ,’ उनले भने।

अहिले भैरहेको निषेधाज्ञालाई अनुगमन गर्ने र थप कडाइ गर्ने पनि भट्टराईले जानकारी दिए। जारी निषेधाज्ञा आगामी जेठ १३ गते मध्यरातमा सकिँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.