|

जनकपुरधाम : धनुषा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले धनुषा जिल्लाभर निषेधाज्ञाको समयावधि ७ दिन थपेको गरेको छ।

धनुषामा तेस्रो पटक थपिएको निषेज्ञाज्ञाअनुसार अब जेठ १७ गतेसम्म निषेधाज्ञा जारी रहनेछ।

कोरोना दोस्रो लहरको नयाँ भेरियन्टको संक्रमण दर यथावत रहे पनि मृत्यु दर बढेकाले निषेधाज्ञा कडाइ गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

तरकारी बजार र माछा–मासु बजारमा भीडभाड हुन नदिन अनुगमन गरिने निर्णय गरिएको छ।

तरकारी, फलफूल, दूधडेरी, ग्यास, खाद्यान्नलगायत अत्यावश्यक पसलहरु पनि बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्नेछ। अन्य पसलहरु खोलेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ। तर, यसअघि पनि यस्तो चेतावनी दिए पनि व्यवहारमा लागू भएको देखिएन। प्रदेश २ का आठै जिल्लामा अहिले निषेधाज्ञा जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.