|

इलाम : सूर्योदय नगरपालिका–३ मेहलबोटेमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ। आइतबार राति ६८ वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष होम कार्कीले जानकारी दिए।

संक्रमितलाई स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि झापातर्फ लगिएको थियो। झापामा भेन्टिलेटर नपाएपछि उनलाई नोबल अस्पतालमा भेन्टिलेटरको व्यवस्था गरी लग्दै गर्दा बाटोमा नै मृत्यु भएको कार्कीले जानकारी दिए।

 मृतकलाई परिवारको सदस्यले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी दाहसंस्कार गरेका छन्। इलाममा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

संक्रमित मृतकको  परिवारसहित कन्ट्याक्ट ट्रेसिङमा परेको १७ जनाको सोमबार एन्टिजेन परीक्षण गरिएको छ। नगर स्वास्थ्य शाखामा गरेको परीक्षणमा  ९ जनामा पोजेटिभ आएका छ।

परिवारको ८ जना र छिमेकी १ जनाको रिर्पोट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बस्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.