|

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्नका लागि विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत पुगेका छन्। 

संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत सदस्य हुँदाहुँदै पनि प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले संसद विघटन गरेको विरुद्धमा गठबन्धनले रिट दायर गर्न लागेको हो।

रिटमा गठबन्धनका १ सय ४६ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २३ र जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका हुन्।

नेकपा एमालेको माधव नेपाल पक्षका ३ सांसदले हस्ताक्षर गरेनन्। नेपालपक्षीय गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेका हुन्। योगेश भट्टराई यस अघि नै नेपाल समूहबाट अलग भैसकेका छन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.