|

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।

पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

देउवा निवास बूढानीलकण्ठमा बस्‍ने बैठकमा  प्रतिनिधि सभा विघटन, पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए।

प्रतिनिधि सभा पुर्नस्थापना गर्न र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट हालेको छ।

बैठकमा १४ औं महाधिवेशन तयारी लगायत विषयमा पनि छलफल हुने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.