|

कैलाली :  सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक सुरु भएको छ। दलको कार्यालयका सुरु बैठकमा सभामुख बाहेकका २४ जना सांसद मध्ये बैठकमा २१ सांसद उपस्थित भएको सांसद अमर साउँदले बताए।

बैठकमा ओली पक्षका ३ सांसद उपस्थित भएका छन्। बैठकमा नेपालु चौधरी, पठानसिंह बोहरा र माया तामाङ बोहरा उपस्थित भएका हुन्। अन्य तीन सांसद कैलाली भन्दा बाहिर रहेकाले उपस्थित नहुने बताइएको छ। 

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन्। सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन्।

सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ।

स्थायी कमिटीको बैठक पछि बस्न लागेको दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। स्थायी कमिटीले सरकारका समर्थन फिर्ता लिने निर्णय गरे पनि एमाले संसदीय दलमा नेपाल पक्षले यस सरकारलाई निरन्तरता दिने सम्भावना देखिएको छ। ओली पक्षले भने केन्द्रको निर्देशन अनुसार सरकारबाट फिर्ता हुनुपर्ने र मन्त्रीहरूले राजीनामा दिनुपर्ने दबाब दिने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.