|

धनगढी : सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।

एमालेको स्थायी कमिटी बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको संसदीय दलका नेता प्रकाश साहले जानकारी दिए।

योसँगै सुदूपश्चिम प्रदेशको सरकारमा माओवादी नेतृत्वकै सरकार कायम हुने भएको नेता साहले बताए। बैठक भर्खरै सकिएको छ।

एमालेले केन्द्रबाट समर्थन फिर्ता लिएपछि निर्णय लिन मंगलबार बैठक बस्ने प्रयास गरे पनि आन्तरिक सहमति नभएपछि स्थगित भएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको थियो।

यस्तो छ अंकगणित

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले २५ सिटसहित अहिले सबैभन्दा ठूलो दल छ। माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।

माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्य रहेकोमा तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेर पदमुक्त भएका थिए। यस प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार चलाइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.