|

काठमाडौं : जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको आयोजना हुने भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको आयोजनामा वैशाख २२ र २३ गते सम्मेलन हुन लागेको हो । 

 ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ नारासहित सम्मेलन गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए। मानसिक समस्याले विश्वमै विकराल रूप लिन थालेकाले सम्मेलन आयोजना गरिएको उनले बताए। 

हार्डवर्ड मेडिकल कलेजका सहप्राध्यापक तथा म्यासाचुसेट्स अस्पतालका मानसिक रोग विशेषज्ञ डा. श्रीधर पौडेललेविश्वमा १३ प्रतिशत मानिस मानसिक समस्याबाट पीडित रहेको बताए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.