|

काठमाडौं : विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनका विषयमा आज परामर्श गर्दै छन्। संसद विघटनपछि सभामुखको भूमिका

कस्तो हुनुपर्दछ भन्ने विषयमा परामर्श गरिरहेका सभामुख सापकोटाले आज संविधानविद्, कानुनी तथा न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श लिन लागेको प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। 

बैठक दिउँसो एक बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ। यसअघि गत मंगलवार सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग परामर्श गरेका थिए।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै सभामुख सापकोटाले त्यसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै पुनःस्थापना हुनुपर्नेमा जोड दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.