|

मकवानपुर : बकैया गाउँपालिकामा विषालु च्याउ खादा एक जनाको मृत्यु भएको छ भने तीन बिरामी परेका छन्। बकैया गाँउपालिका–१० को चकमकेमा विषालु च्याउ खादा १५ वर्षीय प्रतिमा घलानको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालको अनुसार विषालु च्याउ खाएर ४० वर्षीया ठूलीमाया घलान, २० वर्षीया बास्नामाया घलान र १७ वर्षीया विपना घलान बिरामी परेका छन्।

प्रतिमाको स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि हेटौंडाको चुरेहिल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। अन्य तीन जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.