|
तस्विर : श्याम शिल्पकारको फेसबुकबाट

भक्तपुर : राष्ट्रपति र प्रधानमन्त्रीको संसद् विघटनको कदमकाविरुद्ध भक्तपुरका विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा र पर्चा टाँसिएको छ। भक्तपुरका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धनको संयुक्त विरोध कार्यक्रमअनुसार आज बिहीबार सार्वजनिक चोकमा कालो झण्डा प्रदर्शन तथा र पर्चा टाँसिएको हो।

पाँच दलले आजै साँझ सात बजे रित्तो थाल बजाएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। त्यसका लागि गठबन्धनले साँझ ७ बजे आ–आफ्नो झ्याल, कौशी र बरण्डामा बसेर तीन मिनेट रित्तो थाल, शंख वा घण्टी बजाउन सर्वसाधरणलाई आव्हान गरेको नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव निशान ढुंगेलले जानकारी दिए।

साथै पाँच दलले सामाजिक सञ्जालमार्फत अन्तरक्रिया गर्दै संसद् विघटनविरुद्ध जनमत बढाउँदै लैजाने कार्यक्रम तय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.