|

काठमाडौं :  सरकारले अबको १५ दिनमा कोरोनाविरुद्ध खोप खरिदको विषय टुंगो लाग्ने जनाएको छ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अबको १५ दिनभित्रमा केही देशले सहयोग घोषणा गर्ने प्रतिबद्धता जनाएका र १५ दिनमा ब्रेक थ्रु हुने दाबी गरे।

यस्तै उनले अमेरिका, बेलायतलगायतका देश नेपाललाई खोप दिन सकारात्मक रहेको र सरकारले सन् २०२१ को अन्तिमसम्ममा लक्षित समूहलाई लगाइसक्ने लक्ष लिएर सोहीअनुसार कार्य अघि बढाइएको बताए। भने, ‘हामीले सन् २०२१ को अन्त्यसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने लक्षसहित खोप खरिदका लागि सक्दो प्रयास गरेका छौँ।‘

त्यसका लागि अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ। चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोप जुन महिनाको २ तारिखमा आउने मन्त्री ज्ञवालीले जानकारी दिए।

उनले चीनको भेरोसेल, अमेरिकाको जोन्सन एण्ड जोन्सन खोप खरिदका लागि पत्राचार गरिसकेको समेत बताए । ज्ञवालीले अबको १० दिनभित्र नेपालमा ल्याउने ५० लाख डोज खोपको टुंगो लाग्ने बताए। चीन र अमेरिकाबाट ५०/५० लाख डोज खोप ल्याउने तयारी भइरहेको बताए। 

यसैगरी कोभिसिल्डको उत्पादनकर्ता सेरमले यो वर्षको अन्त्यसम्म कुनै पनि देशलाई खोप निर्यात नगर्ने घोषणा गरे पनि आफूहरुले १७ लाख डोज कोभिसिल्ड खोप उपलब्ध  गराउन भारतसँग आग्रह गरिरहेको समेत मन्त्री ज्ञवालीको भनाइ छ।

झण्डै १४ लाख व्यक्तिले कोभिसिल्डको दोस्रो मात्रा लगाउन बाँकी रहेको सन्दर्भमा आफूहरुले भारतसँग यस्तो आग्रह गरिरहेको र ‍अष्ट्राजेनेका खोप आयातका लागि जुन जुन देशले यो खोप भण्डारण गरेका छन् ती देशहरुमा कूटनीतिक पहल भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.