|

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले उच्चस्तरीय तीन सदस्यीय समिति गरेको छ।

अस्पतालको समग्र सुधारको भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकहरुको सल्लाहमा प्रतिवेदन तयार गर्ने  जिम्मेवारी दिइएको छ।

४ दिनको समय अवधि पाएको समितिले अस्पतालको उपचार,  कर्मचारी व्यवस्थापन, प्रतिष्ठानअन्तर्गत गएपछि गरिनु पर्ने संरचनागत परिवर्तनलगायत अन्य सुविधाहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ।

अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढेपछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको  अवस्थाबारे जानकारी लिन सरोकारवालासहित अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई बैठकमा बोलाएका थिए।

मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले अस्पताल कहिले सम्म र कसरी सुध्रिने प्रश्नको जवाफ अस्पतालका मेसु लगायत चिकित्सकहरु संग माग्नु भएपछि मेसुलगायत चिकित्सकहरु अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपायबारे आ–आफनो धारणा राखेका थिए।

बैठकमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सचिव यम प्रसाद भुषाल, समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संजय सिंह सहित समितिका पदाधिकारीहरु, आपूर्ति

महाशाखाका निर्देशक डा. प्रमोदकुमार यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, अस्पतालका मेसु डा. प्रमोद यादवसहित वरिष्ठ चिकित्सक एवं विभागीय प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.