|

जनकपुरधाम : महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालक दाजुभाईको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार रामगोपालपुर नगरपालिकाको एक इँटा भट्टामा पानी जमेको खाल्डोमा डुबेर बालकहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका  वडा नं ९ गोठबनौलि बस्ने रामकरण मण्डलका ९ वर्षीय छोरा प्रेम कुमार मण्डल र १० वर्षीय छोरा आशिक कुमार मण्डल भएको प्रहरीले जनाएको छ।

दुवै बालक घरनजिकै रहेको एमपीएस इँटा उधोगले इँटा बनाउन माटो झिकेको खाल्डोमा शनिबार साँझ नुहाउन जाँदा डुबेका थिए। दुवै बालकको शव प्रकृति मुचुल्का उठाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको प्रहरीले जनाएको छ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। एकै घर परिवारको दुई बालक दाजुभाइकै मृत्युले गाउँभर शोक छाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.