|

काठमाडौं : पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु अझै पनि पार्टी मिलाउन सक्रिय भएका छन्। 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल निकट नेताहरुबीच गएराति निकै लामो छलफल गरेका छन्। गएराति होटल याक एण्ड यति होटलमा साँझ ६ बजेदेखि राति ११ बजेसम्म भएको छलफलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी थिए। असन्तुष्ट पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए। 

‘हिजो बेलुका अलि लामै छलफल भयो, नेता नेम्वाङले थाहा खबरसँग भने, ‘हामी निरन्तर पार्टी फुट्नु हुँदैन भनेर लागिरहेका छौं, अझै लाग्छौं।’  नेम्बाङका अनुसार पछिल्लो पटक स्पष्टीकरण सोधिएका १२ जनाको कारवाही पनि तत्काल नहुने भएको छ। दुई दिन स्थगित गर्दै आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको छ। 

स्पष्टीकरण नबुझाएका १२ जनालाई कारवाही गर्ने अनुमान गरिए पनि नेम्वाङले भने आजको बैठकको एजेण्डा बजेट र अरु विषय हुने बताए। 

पार्टी मिलाउन छलफल चलिरहेकाले थप कारवाहीको बाटोमा अघि नबढ्ने उनले संकेत गरे। तर यसअघि विपक्षी गठबन्धनमा सहभागी भएको आरोपमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिसकिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.