|

काठमाडौं :  अर्थविद् डाक्टर गोविन्द बहादुर थापाको निधन भएको छ। 

कोरोना संक्रमति थापाको उपचारका क्रममा निधन भएको  एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिए।

डा. थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान ६ः३० बजे निधन भएको हाे। कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो।

राष्ट्र बैंकका पूर्व-कार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए।

थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए।

थापाले लामो समयदेखि नेपाली अर्थतन्त्रबारे राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइन माध्यममा निरन्तर कलम चलाउँदै आएका थिए।

अब्बल वामपन्थी अर्थशास्त्री थापा पछिल्लो समय थापा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत् सामाजिक कार्यमा आवद्ध थिए। कास्कीका स्थायी बासिन्दा उनी हाल भने राजधानीको वसुन्धरामा बस्दै आएका थिए।

थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.