|

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको ढुंगा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्न सरकारले  ल्याएको कार्यक्रमबाट वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ  भन्ने प्रष्ट भएको बताएका छन्। 

 सामाजिक संजाल ट्विटरमा उनले सरकारको असली अनुहार र घटिया सोच उजागर गरेको बताएका हुन्। संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट बजेटमा ल्याएको उनले उल्लेख गरेका छन्। 

'यो 'नीतिगत भ्रष्टाचार हो'।आफ्ना 'यार'लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ। चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरुभूमीकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको उनले बताए।

सरकारको यो निर्णय रोकेरै छाड्ने उनले उल्लेख गरे।  'अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.