|

मकवानपुर : मकवानपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिने भएको छ। 

बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले कोरोना संक्रमणमा कमी नआएको भन्दै जेठ ३१ गतेसम्मलाई निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो।

यसअघि केन्द्रले जारी निषेधाज्ञा अवधि बिहीबार रातिबाट सकिँदै छ। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले बैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर ३१ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ। 

 बैठकले अत्यावश्यक सेवा, खाद्यान्न , तरकारी तथा दुग्ध पदार्थलगायत सामग्री बिक्री वितरण गर्ने व्यवसाय निश्चित समय सञ्चालन गर्ने दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

ती क्षेत्र हरेक दिन बिहान ८ बजेसम्म सञ्चालन गर्न पाइने छ भने बैंकहरू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको ३ दिन सञ्चालन गर्न दिइने भएको छ।आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि २ बजेसम्म बैंक सञ्चालन गर्न पाइने जनाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.