|

जनकपुरधाम : धनुषामा हतियारसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाबाट कटुवा पेस्तोल सहित दुई युवक पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा धनुषाको सहिद नगर नगरपालिका – २ बस्ने  २५ वर्षीय उत्तिमलाल पासमान र  १९ वर्षीय निपुल यादव छन्।

उनीहरुलाई आज बुधबार साँझ ६ बजे यदुकोहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरियादेखि ५ सय मिटर उत्तरमा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ गरिएकाहरुलाई  जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको  चौकीका सइ शारदा शंकर साहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.