|

इलाम : नारायणहिटी राजदरबार हत्याकाण्ड छानबिनको उच्चस्तरीय आयोग गठनको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको मागप्रति राप्रपा नेता राजेन्द्र लिङ्देनले कटाक्ष गरेका छन्।

२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंश नास हुन गरी भएको हत्या काण्डको २० वर्ष पार गरेकै दिन आफ्नो ट्विटरमार्फते राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने भट्टराईले माग राखेका थिए। त्यसको १३ घण्टाछि लिङ्देनले रिट्विट गर्दै तत्कालीन राजा ज्ञानेन्द्रप्रति अन्याय गरेको भन्दै कटाक्ष गरेका हुन्।

डा भट्टराईले ट्विटरमा लेखेका छन् -राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भैसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु र आरोपप्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन। राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गरौं !’

डा. भट्टराईको सो ट्विटलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई 'हत्यारा' भनेर लेखेको होइन भन्दै प्रश्न गरेका लिङ्देनले भ्रम छरेर ज्ञानेन्द्रमाथि अन्याय भएको बताएका छन्। उनले राजा ज्ञानेन्द्रको छविमाथि प्रश्न उठाएर भ्रम छरेको आरोपसमेत लगाए।  

डा भट्टराईसँग जवाफ खोज्दै लिङ्देनले ट्विटरमा लेखेका छन्– दरबार हत्याकाण्डलगत्तै हत्यारा ज्ञानेन्द्र हुन् भनेर लेख्नुभएको होइन? कत्रो भ्रम बाँड्नु भएछ? कत्रो अन्याय भयो होला राजा ज्ञानेन्द्रमाथि ? यसै बीचमा तपाईं प्रम पनि बन्नुभयो। यो बिषय उठाउनुभएन। २० वर्षपछि  छानबिन आयोगको कुरा उठाउनुभएछ, आखिर तपाईं पनि भ्रम मै त हुनुहुँदो रहेछ।’


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.