|

बाँके : बाँकेमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जना र भेरी अस्पतालमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया, दाङ, सल्यान र प्युठानका १-१ जना छन्।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ठकुरबाबा ९ बर्दियाका ६८ वर्षीय पुरुष, बागचौर ३ सल्यानका २७ वर्षीय पुरुष र लमही ४ दाङका २७ वर्षीय पुरुषको मृत्यु भएको छ।

त्यस्तै, भेरीमा उपचाररत प्युठान नगरपालिका ४ प्युठानकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ६ जना र बाँकेका २९६ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.