|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन्। 

उनीहरुलाई राष्ट्रपति कार्यालयमा साँझ ६ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी छ। 

दिउँसो जसपा नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन्। 

'साँझ ६ देखि साढे ६ बजेभित्रमा शपथ ग्रहण हुन्छ', मन्त्री बन्न लागेका नेता लक्ष्मणलाल कर्णले थाहाखबरसँग भने।  उनले आफु भुमि व्यवस्था तथा सहकारी मन्त्री बन्न लागेको बताए ।

महतो र कर्णसहित अनिल झा, शरत सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया, बिमल श्रीवास्तव, चन्दा चौधरी, एकबाल मियाँ, प्रमोद साह मन्त्री बन्नेछन्। उनीहरुको मन्त्रालय सपथ ग्रहणमै थाहा हुने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.