|

बाँके : कोहलपुरका युवाहरूले खाद्य बैंक चलाउन अहिलेसम्म १९ लाख रुपैयाँ संकलन गरेका छन्‌। संयोजक प्रदीप भट्टराईले संकलित रकमबारे जानकारी दिएका हुन्। 

खाद्य बैंकबाट कोहलपुर नगरपालिका वडा नं १ र १५ मा अति विपन्न, असहाय र अपाङ्गलगायत कोभिड प्रभावितलाई खाद्य सामग्री वितरण शुरू गरिएको छ। दुई वडाका १२० घरपरिवारलाई २० केजी चामल, २ केजी दाल १ लिटर तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको खाद्य बैंकका सहसंयोजक भूम भण्डारीले जानकारी दिए।

कोभिड खाद्य बैंकमा हालसम्म १९ लाख रकम जम्मा भैसकेको पनि भण्डारीको भनाइ छ। विभिन्न क्षेत्र र तथा विदेशबाट समेत सहयोग आउने क्रम जारी रहेको भण्डारीले जानकारी दिए। कोभिड खाद्य बैंकले प्रत्येक वडामा गएर नाम संकलन गर्ने अनि कोभिडबाट प्रभावित व्यक्तिहरूलाई खाद्यान्न सामग्री वितरण गर्ने गरेको सहसंयोजक भट्टराईले वताए।

कोभिड खाद्य बैक सञ्‍चालन समितिका सदस्य चेतकान्त भट्टराईले सामाजिक संजालमा समस्या परेकालाई बैंकले सहयोग गर्ने भन्दै आवश्यक परेकाहरूको विवरण समेत माग गरेका थिए। समस्यामा परेका कतिपयले त्यही आफ्नो विवरण दिएका थिए। उनीहरूलाई पनि राहत दिने गरिएको छ।

आफूहरूले सकेसम्म वास्तविक समस्या भएका कोहलपुर नगरपालिकालगायत अन्य क्षेत्रका व्यक्तिहरूलाई पनि राहत दिइरहेको उनको भनाइ छ। स्वतःस्फूर्त रूपमा यहाँका मनकारीसँगै विदेशबाट समेत अहिले पनि सहयोग हुने क्रम जारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.