|

काठमाडौ : विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहन गरेका छन्।

कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले ओली र महतोको पुतला जलाएका हुन्। उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरोध गर्दै उनीहरुले पुतला जनाएका हुन्।

सरकारको उपप्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्तिले राष्ट्रघाति अभिव्यक्ति दिएको भन्दै उनीहरुले ओली र महतोविरुद्ध नारावाजीसमेत गरेका छन्।

महतोले केही दिनअघि ‘नेपाललाई बहुराष्ट्रिय राज्य’ बनाउन आन्दोलन गर्ने टिप्पणी गरेका थिए। उनको भनाइको अहिले चौतर्फी विरोध भइरहेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.