|

जाजरकोट : डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बीच द्वन्द्व बढ्दा कामकाज प्रभावित भएको छ।

प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले उपाध्यक्ष सविता रोकायलगायत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मात्र कुरा सुनेर काम गरेको अध्यक्ष पक्षधरको आरोप छ।

एमाले मुड्केचुला गाउँपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत उपस्थित हुने, गुटगत भेला गदै हिडने लगायतका आरोप अध्यक्ष दत्तबहादुर शाहीले लगाएका छन्। यस अघिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गरेका कामहरु श्रेष्ठले उल्टाउदै गएकोसमेत अध्यक्षले आरोप लगाएका छन्।

यता उपाध्यक्षलगायत अन्य जनप्रतिनिधिले अछापे विज्ञप्ति जारी गरी मिडियालाईसमेत गाली गर्दै अध्यक्ष र पत्रकार मिलेर गाउँपालिकामा काम गर्ने वातावरण बिगारेको आरोप लगाएको छ।

गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणदेखि अन्य विकास निर्माणका कामको भुक्तानी नगरेको समाचार प्रकाशित गरेर उपाध्यक्षलगायत केही वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको बचाउ र मिडियालाई गाली गरेका छन्।

साउनदेखि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन। करारमा भर्ना गरिएका कर्मचारीकोसमेत म्याद नथपिएको गुनासो पनि छ। नेकपा एमाले केपी शर्मा ओली गुटको बैठकमा अधिकृत श्रेष्ठ उपस्थित भई त्यहाँको एजेण्डा गाउँपालिकामा पास गराउन खाज्ने गरेको आरोप अध्यक्ष शाहीले लगाए।

‘समाजिक सुरक्षा भत्ता वितरण भएको छैन, मिडियामा आएका कुरा सत्य हुन्। अब म के गरौँ’ शाहीले भने। प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले सुरक्षार्थ ८–१० जना नेकपा एमालेका केटाहरु राखेर बस्ने गरेकोसमेत उनले आरोप लगाए।

सुरक्षामा गाउँपालिकाका उपाध्यक्ष श्रीमान्समेत खटिने गरेको स्थानीय रुपक कुलालले बताए। श्रेष्ठले भने एमालेको गुटगत बैठकमा आफू सहभागी भएको स्वीकारे।

समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्न आफू पार्टीको बैठकमा गएको उनले दाबी गरे। अध्यक्ष शाही नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.