|

काठमाडौं : एचडी र डिजिटल टेलिभिजन च्यानलहरूको प्रसारण र प्रसारण सेवाको सञ्चालक डिसहोमले युरो कप फुटबल प्रतियोगितामा ‘मेरो मनको दोस्रो देश’ नामक योजना संचालन गर्ने भएको छ । 

आफ्नो देश प्रतियोगितामा नरहेको अवस्थामा खेलकुदप्रेमीले अर्को कुनै देशलाई मैनदेखि समर्थन गर्ने हुनाले ‘मेरो मनको दोस्रो देश’ नामक अभियान सुरु गरेको कम्पनीले जनाएको छ।

डिसहोमले फुटबलप्रेमी दर्शकहरुलाई लक्षित गरी यो योजना ल्याएको जनाएको छ। यो योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरुबीच रोमाञ्चकारी बनाउने कम्पनीको विश्वास छ। 

‘यसअन्तर्गत फ्यानहरुले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन्’ कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ, यस माध्यामबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन्।’

युरोकप प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्टसमा हेर्न सकिनेछ। 

सामाजिक सञ्जालहरुमा ‘मेरो मनको दोस्रो देश’ नामक ह्यास्ट्याग ट्रेन्ड गराई आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्ने जनाइएको छ । फाइनलमा जाने र खेल जित्ने देश छानेर ह्यास्ट्याग गर्नेमध्येलाई लक्की ड्र मार्फत् बम्पर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।

यसबाहेक फ्यानहरूले सामाजिक सञ्जालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिई विभिन्न उपहारहरू जित्न सक्ने कम्पनीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.