|

बाँके : बाँकेका विभिन्न अस्पतालहरुमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिए।

वलीका अनुसार मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–४ बर्दियाका ६१ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ का ६५ वर्षीय पुरुष र लमही नगरपालिका–८ दाङका ६३ वर्षीय पुरुषको रहको छन्। योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका ३२१ जना र जिल्लाकै ३०३ जनाको मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.