|

काठमाडौं : नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री प्रदान गरेको छ। शुक्रबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

भारतीय सेनाले भेन्टिलेटर, आइसियु बेड, पिपिइ सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ।

प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार तथा धन्यवाद प्रकट गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.