|

सुर्खेत :  मध्यपश्चिम विश्वविद्यालयमा २५ वटा पदका लागि ३६२ वटा आवेदन परेको छन्। विश्वविद्यालयले २५ जना पिएचडी र पोस्ट पिएचडी गरेका उप-प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक माग गर्दा ३६२ जनाको आवेदन परेको हो।

'२५ पदको लागि ३६२ वटा आवेदन परेका छन्' विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले भने, 'अब फाष्ट्याकबाट नियुक्ति गर्छौं। जसमध्ये कृषि र वन विज्ञान संकायको उप-प्राध्यापकमा १०, सह–प्राध्यापकमा १७ र प्राध्यापकमा २० गरी कुल ४७ वटा आवेदन परेको छन्। शिक्षा विज्ञान संकायको उप-प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक पदमा ५–५ वटा आवेदन परेको छ।

इन्जिनियरिङ संकायको उप-प्राध्यापक, सह–प्राध्यापकमा ११–११ जना र प्राध्यापकमा ७ वटा जनाको परेको छन्। स्वास्थ्य विज्ञान संकायको उप-प्राध्यापकमा ७, सह–प्राध्यापकमा १६ र प्राध्यापकमा ६ वटा, मानविकी तथा शिक्षा शास्त्र संकायमा उप-प्राध्यापकमा ५, सह–प्राध्यापकमा ७ र प्राध्यापकमा ९ जनाको आवेदन परेको छ।

त्यसैगरी, व्यवस्थापना संकायको उप-प्राध्यापक दुई, सह–प्राध्यापकमा ४ र प्राध्यापकमा १ जनाको, विज्ञान र प्रविधि संकायको उप-प्राध्यापकमा ३४ जना, सह–प्राध्यापकमा ४४ जना र प्राध्यापकमा ३३ जनाको आवेदन परेको छ।

त्यस्तै आदिवासी अध्ययन र टेक्नोलोजी कर्णाली संस्थानको उप-प्राध्यापकमा ४ र सह–प्राध्यापकमा १ आवेदन परेको छ। अनुसन्धान र विकास केन्द्रको उप-प्राध्यापकमा २७ जना, सह–प्राध्यापकमा ४३ जना र प्राध्यापकमा १९ वटा, एमयू खेलकुद र योग प्रतिष्ठानतर्फ उप-प्राध्यापकमा १ जना, सह–प्राध्यापकमा दुई र प्राध्यापकमा १ आवेदन परेको छ। यसरी कुल २५ पदका लागि एकसय ४२ जनाले विभिन्न पदमा तीनसय ६२ वटा आवेदन दिएको मध्यपश्चिम विश्वविद्यालयले जनाएको छ।

त्यस्तै, व्यवस्थातर्फ एक–एक जना प्राध्यापकको लागि १ वटा, सिभिल इन्जिनियरतका लागि २ वटा, जनसम्पर्क अधिकृत तथा प्रवत्ताका लागि ७ वटा, बरिष्ठ अधिकृत प्रशासनमा ११ वटा, बरिष्ठ लेखा अधिकृतका लागि ५ वटा र ४ वटा रिसेप्सनिष्टका लागि ४७ वटा आवेदन परेका छन्।

विश्वविद्यालयले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट पीएचडी र पोष्ट पीएचडीस्तरका जनशक्ति गर्दा धेरैले यसलाई महत्वकाँक्षी योजना भनेका थिए। शिक्षामा नयाँ आयाम ल्याउने र दक्ष जनशक्ति जसले स्वदेशमा नै विश्वस्तरीय प्रणालीको विकास गर्न योग्य पदाधिकारी तथा कर्मचारी नियुक्त गर्न लागेको हो। कर्णाली प्रदेशमा दिगो विकासको अवधारणासहित सक्षम जनशक्ति निर्माण गर्न अध्यापनमा नवीनता, उद्यमशीलता र औद्योगिक विकासलाई अघि बढाउन यस्तो जनशक्तिको आवश्यकता भएको जनाएको छ।

विश्वविद्यालयले सबै जनशक्तिहरू करार सेवामा नियुक्त गर्न लागेको हो। केही कर्मचारी संगठन तथा प्राध्यापकहरूले भने सेवा आयोगबाट कर्मचारी नियुक्ती गर्नुपर्ने भन्दै यसको विरोध समेत जनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.