|
फाइल फोटो ।

बैतडी : पहिरो खस्दा दुई दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउन समस्या भएको छ।

बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका-६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध छ।

वर्षा लगातार भएका कारण सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

‘सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छाउन समस्या भएको हो,’ उनले भने, ‘जेसीबी मंगलबारदेखि तयारी अवस्थामा रहेको छ, लगातारको बर्षाले पहिरो खस्ने क्रम नरोकिएकोले पन्छाउन समस्या भएको छ।’

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू दुई दिनदेखि बाटोमै रोकिएका छन्।

बझाङबाट धनगढी,महेन्द्रनगर, काठमाडौं, डडेल्धुरा,बैतडी र बझाङ भित्रिने ५० बढी सवारी साधन र १०० बढी यात्रुहरू पहिरोका कारण रोकिएका प्रहरीले जनाएको छ ।

उक्त राजमार्ग पहिरोका कारण बेलाबेला अवरुद्ध हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.