|

सिन्धुपाल्चोक : मंगलबार बेलुकीदेखि चलेको बाढी र पहिरोमा हराइरहेका झण्डै ५० मध्ये दुई जनाको शव फेला परेको छ। जनप्रतिनिधि र प्रहरीले पछिल्लो विपत्तिमा ज्यान गुमाएकाहरूको तथ्यांक जिल्ला प्रशासन कार्यालयमा अद्यावधिक गराएका हुन्।

एक जनाको शव भीमटार र अर्का व्यक्तिको शव काभ्रेको मण्डनमा भेटिएको हो। 

प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले जानकारी दिएअनुसार थप मानवीय क्षति भएको थाहा लागेको छैन। मेलम्ची नदीमा पानीको सतह अझै नघटेको र बहाव बस्तीमा पस्ने जोखिम रहेको उनले बताएका छन्‌। मेलम्ची बजार भने अहिले पनि पूरै डुबानमा छ।

​बाढी र पहिरोग्रस्त क्षेत्रमा स्थलमार्गबाट उद्धार गर्न जानसक्ने स्थिति छैन। बाढी र पहिरोको चपेटामा फसेकालाई उद्धार गर्न तथा पीडितकहाँ राहत पुर्‍याउन सुरक्षा निकाय र निजी वायुसेवा कम्पनीसँग रहेका हेलिकोप्टर परिचालन भएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्‌।

​जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाको अनुसार उद्धारका लागि हेलिकोप्टर मेलम्चीमा आइपुगेको छ।

मेलम्ची ड्यामसाइट र हेलम्बुको चनौटे आसपासमा करिब ५० जनाभन्दा बढी बेपत्ता भएको सुन्नमा आएपनि त्यसबारे बुझ्ने प्रयास भइरहेको सापकोटाले जानकारी दिएका छन्‌। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.