|
फाइल फोटो

काठमाडौं : मनसुनी वायुको प्रभाव रहेकाले आज देशका अधिकांश स्थानरुमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ प्रदेश १, बागमाती  र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षा हुने र पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। बागती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हलका वर्षा भइरहेको छ। दिउँसो पनि  देशभरको मौसम बदली रहने छ। देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

यस्तै‚ शनिबार देशभरको मौसमब बदली रहनेछ। दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका  एक वा दुई ठाउँमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति पनि मौसम बदली देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार दिउँसो पनि देशभरको मौसम बदली रही देशका अधिकांश स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमामा भीषण र एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभर मौसम बदली रही अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानमा भने भीषण र एक वा दुई ठाउँमा अति भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.