|

काठमाडौं : संस्कृतिविद् सत्यमोहन जोशी नौ दिनपछि डिस्चार्ज भएका छन्। ललितपुरको किष्ट अस्पतालमा उपचाररत जोशी शुक्रबार डिस्चार्ज भएका हुन्। 

श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका जोशी शुक्रबार घर फर्किएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

जोशीको स्वास्थ्यमा सुधार आएसँगै हिँडडुल गर्न सक्ने भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्। वाङ्मय शताब्दी पुरुष जोशी र उनकी पत्नीको किष्ट अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.