|

जनकपुरधाम : सर्लाहीमा टिपरको ठक्करबाट एक मोटर साइकल यात्रुको घटना स्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपूर्वा नपा ८ मा टिपरको ठक्करबाट एक मोटर साइकल यात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरनगरपालिका-१३ बस्ने ३० वर्षीय अर्जुन महतो रहेको प्रहरीले जनाएको छ।

आज दिउँसो ४ बजेतिर ज७प ९०४२ नम्बरको मोटर साइकलमा गइरहेको महतोलाई विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको टिपरले ठक्कर दिएको थियो।  टिपरले ठक्कर दिएपछि मोटरसाइकलसहित लडेको महतोको टाउकोबाट नै टिपर हिँडेको थियो। तत्कालै घटनास्थलमै महतोको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीयहरुले बताएका छन्। 

घटनापश्चात् आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन्। स्थानीयहरुले बजार क्षेत्रमा पनि तीव्र  गतिमा टिपर चलाएकाले घटना भएको भन्दै टिपरमा आगजनीको साथै सडक अवरुद्ध गरेर अहिले प्रदर्शन गरिरहेका छन्।

अहिले प्रहरी घटना स्थलमा पुगेर प्रदर्शन नियन्त्रण गर्ने प्रयास गरिरहेको छ भने टिपर चालकलाई पक्राउ गरेको छ। 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.