|

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ।  

असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए।

महानगरपालिकाको नवौँ अधिवेशन हिजोबाट सुरु भएकाे हाे। ‘हिजोको बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपमेयरलगायत धेरैजसो साथीहरु अनुपस्थित रहे।  शाक्यले भने, ‘सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति–तथा कार्यक्रम पारित गर्ने विगतको परम्परा अनुसार हिजोको बैठक स्थगन गरेर आजलाई राखिएको थियो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.