|

काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा-९ ले गोकर्णस्थित पानीखोल्सामा सञ्चालित अस्पाल्ट प्लान्ट हटाउन निर्देशन दिएको छ। गाैरीशंकर हिमालय कन्ट्रक्सनद्वारा सञ्चालित प्लान्ट मापदण्डविपरीत चलाएको भन्दै वडाले आइतबार लिखित पत्राचार गरी हटाउन निर्देशन दिएको हो।

वडाध्यक्ष राजीव थापाका अनुसार प्लान्टबाट निस्केको धुवाँले वातावरणमा प्रदूषण गरी स्थानीयको स्वास्थ्यमा तत्कालीन साथै दीर्घकालीन असर पर्न सक्ने भनी दुई सय १० स्थानीय बासिन्दाबाट हस्ताक्षरसहित वडामा निवेदन दर्ता गरेका थिए। 

‘आजकै दिनबाट बन्द गरी यो पत्रको मितिबाट ७ दिन भित्रमा सबै संरचना हटाउन आदेशअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ। आदेश कार्यन्वयन नभएमा कानुनी कारबाही प्रक्रिया बढाइने वडाकाे चेतावनी छ।

  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.