|

काठमाडाैं : युरो कप २०२१ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा इटालीले वेल्समाथि १-० को साँघुरो जित निकालेको छ। जितसँगै इटालीले जारी युरो कपमा एक शतप्रतिशत जित दर्ता गर्ने पहिलो टोली बनेको छ। 

इटालीलाई जित दिलाउन म्याटेउ पेसिनाले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। आज पनि उत्कृष्ट गरेको इटालीले तीन वटै खेलमा एक गोल पनि खाएन। ५५ मिनेटमा इटालीका खेलाडीको खुट्टामा कुल्चिन पुग्दा वेल्सका इथान अम्पडुले सीधै रातो कार्ड पाएर मैदान छाडेका थिए।

इटाली समावेश समूहका वेल्ससँगै स्विट्जरल्याण्ड र टर्की पनि छन्। 

त्यसै यही समयमा भएको अर्को खेलमा स्विटजरल्याण्डले टर्कीमाथि ३-१ को जित निकालेको छ। हारसँगै टर्की युरोकपको समूह चरणबाटै बाहिरिएको छ। उसले तीन वटै खेलमा पराजय भोग्दै अंकविहीन हुन पुग्यो। ग्रुप 'ए' मा रहेका सबै टोलीले आफ्ना खेल सकेका छन्। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.