|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि विभिन्न प्रदेशका नेताहरुसँग छलफल जारी राख्ने भएका छन्।  

आगामी १४ औँ महाधिवेशनमा पुनः सभापति पदको उम्मेदवार बन्न लागेका देउवाले आफूलाई सभापति पदमा पुनः विजयी गराउन आग्रह गर्दै प्रदेशका नेताहरुसँग छलफल चलाइरहेका छन्। आज देउवाले काठमाडौंमा उपलब्ध आफू निकट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरुसँग आफ्नै निवास बुढानिलकण्ठमा छलफल गर्न लागेको सभापति देउवाका सहयोगी भानु देउवाले  जानकारी दिए। 

हिजो देउवाले बागमती र गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेका थिए। शनिबार उनले प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका थिए। कांग्रेसले पछिल्लो पटक कार्यतालिका संशोधन गर्दै आगामी भदौ १७ देखि २० गतेसम्म काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशन गर्ने तय गरेको छ। 

यो महाधिवेशनमा पनि देउवाले आफू सभापतिको दाबेदार रहेको सार्वजनिक गरिसकेका छन्। उनले पुनः सभापति बनेर पार्टीलाई पहिलो नम्बरमा ल्याउने प्रतिबद्धता आफ्ना छलफल तथा बैठकहरूमा व्यक्त गर्दै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.