|

काठमाडौं : गायिका गीता पाण्डेको ‘शुभकामना’ गीत सार्वजनिक भएको छ। विश्व संगीत दिवसको अवसर पारेर साेमबार उनको गीत अडियोमा सार्वजनिक भएको हो।

जेम्स चौधरीले रचना गरेको गीतमा संगीतकार राजेश कुमार श्रेष्ठले संगीत भरेका छन्। यसमा गायिका गीता पाण्डेले  स्वर दिएकी छन्।

हाल अडियोमा रहेको गायिकाको गीत पछि आफ्नै युट्युब च्यानलमार्फत भिडियोमा आउने पाण्डेले बताइन्। उनका अनुसार शुभकामना गीत डिजीटल प्ल्याटफर्ममा 'दामी' म्युजिक एपमा सुन्न सकिने छ। 

यस अघिका अन्य गीतहरू उनकै नाममा रहेको युट्युब च्यानलमा आइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.