|

जनकपुरधाम : प्रहरीले सप्तरीमा बालिका हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेका छन्। चार दिनअघि डाक्नेश्वरी नगरपालिका–३ हटैलकी ९ वर्षीया शिवानी यादवको घाँटी रेटेर हत्या भएको थियो।

सोही हत्याको आरोपमा सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार असार ४ गते बालिकाको स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा घाँटी रेटिएर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

घटनाको अनुसन्धान गर्ने क्रममा रोहितलाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताए। रोहितलाई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा आइतबार राति पक्राउ गरिएको उनले जानकारी दिए।

रोहितविरुद्ध ज्यान सम्बन्धी मुद्दामा जाहेरी दरखास्त परेको प्रहरीले जनाएको छ। धमलाकाअनुसार आँप टिप्न बगैंचामा गएकी बालिकालाई रोहितले आँप दिने लोभ देखाएर बलात्कारको प्रयास गरेका थिए।

बालिकाले आमालाई भनिदिने भनेपछि रोहितले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। रोहितले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। उनले बलात्कार प्रयासको पोल खुल्ने डरले बालिकाको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.