|

काठमाडौं : कोरोना भाइरसको जोखिम र संक्रमणको कारण रोकिएको अन्तर्राष्ट्रिय उडान आजदेखि सुरु हुँदैछ। सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेअनुसार आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ भने आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुल्नेछ। 

आज पहिलो दिन दुई वटा मात्रै उडान हुनेछ। नेपाल एयरलाइन्सले कतारको दोहाका लागि उडान भर्नेछ भने टर्कीस एयरलाइन्सले इस्तानबुलबाट यात्रु लिएर आउने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अर्को आदेश नभएसम्मका लागि उडान सुरु हुन लागेको क्षेत्री भनाइ छ। कुल संख्याको ५० प्रतिशत नबढ्ने गरी उडान भर्न सरकारले दिएको निर्देशन अनुसार नै व्यवस्थान गरिएको प्रवक्ता क्षेत्रीले बताए। उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई दिएको थियो। 

मन्त्रालयले आगामी जुन ३० तारिख सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ। कोरोनाका कारण केहि हप्ता यता उडान रोकिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.