|

सुर्खेत :कर्णाली प्रदेशका तीन जना एमालेका सांसद निलम्बन भएका छन्। 

गत वैशाख ३ गते पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरी माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएका चारमध्ये तीन जना एक महिनाका लागि निलम्बन भएका भएका छन्।

आज एमाले संसदीय दलको निर्णयअनुसार प्रदेश सभा सचिवालयले एक सूचना जारी निलम्बन गरेको जनाएको छ। एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई निलम्बन गरिएको जनाएको छ।

उक्त सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाएअनुसार नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकाले एक महिनाका लागि निलम्बन गरिको हो। 

फ्लोर क्रमस गरेका चार सांसदलाई वैशाख १४ गते पार्टीले कारबाही गरेको थियो। तर उनीहरू चारै जनालाई गत जेठ २७ गते सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको थियो। 

फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वाला सरकारमा सहभागी नभएकाले उनलाई  निलम्बन गरिएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.